वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४
ऋण असुली न्यायाधिकरण
कमलपोखरी काठमाडौं
(यस न्यायाधिकरण परिसरमा पालना गर्नुपर्ने नियमहरुसंग सम्बन्धित)
न्यायाधिकरणको वातावरण शान्त र सुव्यवस्थित शान्त र सुव्यवस्थित गर्न, आदरणीय सेवाग्राही महानुभावहरुको लागि यस न्यायाधिकरण परिसरभित्र रहँदा निम्न बमोजिम नियमहरु पालन गर्नको लागि अनुरोध गरिएको छ।
१. बाहिर भित्तामा राखिएको नागरिक वडापत्रमा लेखिएको सूचना पढी सो अनुसार गरि दिनु हुन अनुरोध छ।
२. न्यायाधिकरण परिसरभित्र शान्त, सौभ्य तथा सुव्यवस्थित वातावरण कायम राख्न सहयोग गरि दिनु हुन अनुरोध छ।
३. फोहर वस्तु एवं कागजका टुक्राहरु यत्रतत्र नफाली फोहोर मलाई लेखिएको भाडोमा राखि दिनु हुन अनुरोध छ।
४. इजलास वा न्यायाधिकरणको कार्य कक्षभित्र रही मोबाइलमा कुराकानी नगरि दिनु हुन अनुरोध छ।
५. न्यायाधिकरण परिसरमा अनावश्यक भिडभाड एवं होहल्ला नगर्नु हुन र फाँट वा शाखाभित्र पनि नगइ दिनु हुन अनुरोध छ।
६. पीडित नाबालक तथा संरक्षित साक्षीहरुको लागि संरक्षण कक्षको व्यवस्था गरिएको जानकारीको लागि अनुरोध छ।
७. साथै, न्यायाधिकरणबाट प्रदान गरिने कुनै पनि सेवाका सम्बन्धमा केही जानकारी चाहेमा हेल्प डेस्क (सहायता कक्ष) मा सम्पर्क राख्नु हुन अनुरोध छ।
८. यस न्यायाधिकरणको सम्बन्धमा केही उजूरी, गुनासो तथा सुझाव लिखित रुपमा दिन चाहने महानुभावहरुले बाहिर राखिएको उजूरी पेटीका प्रयोग गर्नु हुन अनुरोध छ।
९. यस न्यायाधिकरणको काम, कारवाही सम्बन्धमा गुनासो सुन्नका लागि गुनासो सुन्ने अधिकारी (Nodal Officer) को व्यवस्था गरिएको जानकारीको लागि अनुरोध छ।
10. यस न्यायाधिकरणमा First Aid Box को सुविधा समेत भएको व्यहोरा अनुरोध छ।
11. यस न्यायाधिकरणमा कानून बमोजिम बाहेक अन्य दस्तुर लाग्ने छैन। दस्तुर तिरे पछि रसिद लिनु हुन अनुरोध छ।