सूची दर्ता
सूची दर्ता सम्बन्धी सूचना
ऋण असुली न्यायाधिकरण
कमलपोखरी काठमाडौं।
प्रकाशित मिति २०८३।०३।३१
यस न्यायाधिकरणमा आगामी आ.व.२०८३।०८४ को लागि तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गर्नु पर्ने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६क तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को प्रयोजनको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म तथ कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तपसिलमा उल्लिखित कुन कामको लागि सूचीकृत हुन चाहेको हो, सोको स्पष्टरुपमा उल्लेख गरी सम्बन्धित फर्म, संस्था वा कम्पनीको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु समेत संगग्न गरी यस न्यायाधिकरणमा निवेदन पेश गर्नुहुन मिति २०८३।०३।३१ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ।
तपसिल
१. स्टशनरी, मसलन्द तथा कार्यालय संचालन सम्बन्धी मालसामानको आपूर्ति।
२. छपाई सम्बन्धी कार्य।
३. सवारी साधन खरिद तथगा मर्मत कार्य।
४. फर्निचर तथा फर्निसिङ्ग सम्बन्धी कार्य।
५. मेशिनरी, कम्प्युटर, प्रिन्टर, फ्याक्स तथा विद्युतीय सामाग्रीहरु सप्लाई, रिफिलिङ्ग तथा मर्मत सम्बन्धी कार्य।
६. पिउने पानी सम्बन्धी कार्य।
७. धितो सम्पत्ति मूल्याङ्कन सम्बन्धी कार्य।
८. अन्य आवश्यक फुटकर सामान तथा सेवाहरु।
नोट:-
१. यो सूचना यस न्यायाधिकरणको सूचना पाटी र वेभसाइट www.drtribunal.gov.np मा समेत हेर्न सकिनेछ।
२. सूची दर्ता गराउने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलि पल्ट कार्यालय खुलेको समयमा गराउन सकिने छ।
३. सूची दर्ताको लागि कुनै शुल्क तथा दस्तुर तिर्नु पर्ने छैन।
४. सूची दर्तासंग सम्बन्धित कागजातहरु आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछ।