महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४

न्यायाधिकण विशेष

यस न्यायाधिकरणको विशेष सूचना

ऋण असुली न्यायाधिकरण

कमलपोखरी काठमाडौं

सूचना

१. यस न्यायाधिकरणको कार्यालय समय जाडो मौसम कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १०:००-४:०० बजेसम्म बाहेक अन्य दिनमा (सार्वजनिक बिदा बाहेक) विहान १०:०० - ५:०० बजेसम्म खुल्ला हुनेछ।

२. बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ र सो को नियमावली, २०५९ अनुसूची-१ बमोजिमको ढाँचामा तोकिएको म्यादभित्र न्यायाधिकरण समक्ष उजूरी निवेदन दिनु पर्नेछ।

३. उजूरी निवेदनपत्रमा देहाएका कुराहरु खुलाउनु पर्नेछ:-

(क) निवेदक र प्रतिवादीको पूरा नाम, थर, साविक वतन/परिवर्तित वतन र हालको वतन,

(ख) ऐनको म्याभित्र दायर गरेको उजूरी निवेदन दस्तुर र ऋण असुली शुल्क वापत बिगोको 0.25% ले अग्रिमरुपमा बुझाउनु पर्ने रकम संलग्न गरेको भौचर,

(ग) ऋण असुल उपर गर्ने सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऐनको दफा १४ को उपदफा (७) बमोजिमको प्रक्रिया पुरा गरेको,

(घ) ऋणीसंग ऋण असुल उपर गर्ने सम्बन्धमा प्रचलित कानून बमोजिम कुनै अड्डा अदालतमा कुनै मुद्दा दायर नभएको,

(ङ) प्रतिवादीहरु सबैलाई पुग्ने गरी उजूरी निवेदन र प्रमाण कागजहरुको प्रमाणित प्रतिलिपि संलग्न राखेको,

(च) उजूरी निवेदनमा उल्लेखित दावीलाई पुष्टी हुने आवश्यक प्रमाण तथा कागजातहरु क्रमश: राख्‍ने।

४. ऋण असुली वापत उजूरी निवेदन दर्ताका बखत अग्रमरुपमा बुझाउनु पर्ने दावी रकमको 0.25% ले हुन आउने रकम राष्ट्रिय वाणिज्य बैंक, काठमाडौं ठमेलस्थितको को.ले.नि.का. भुक्तानी केन्द्र ३ र यस कार्यालयको कोड नं.३०५००३५०२, राजश्व शीर्षक नं.१४२२१ र बैंक खाता नं.१०००१००२०००१०००० मा ऋण असुली न्यायिक दस्तुर जम्मा गरेको भौचर पेश गरेको हुनु पर्नेछ।

५. उजूरी निवेदन दस्तुर लगायत प्रत्येक निवेदनको लागि रु.१०।- (दश) दस्तुर लाग्नेछ।

६. न्यायाधिकरणले प्रतिवादीको नाउँमा १५ दिनको म्याद काटी म्याद तामेल गर्न जाने कर्मचारीलाई बुझाउनु पर्नेछ र त्यस्तो कर्मचारीले बाटोको म्याद बाहेक दुई दिनभित्र म्याद तामेल गरि सक्नु पर्नेछ।

७. प्रतिउत्तर दर्ता गरे वापत रु.200।- (अक्षेरेपी दुई सय मात्र) दस्तुर लाग्नेछ। प्रतिउत्तर दर्ता गर्दा आवश्यक प्रमाण कागजातहरु संलग्न गर्नु पर्नेछ।

८. प्रतिउत्तर परेपछि निवेदक र प्रतिवादीलाई एक साथ राखी पेशी/तारेख दिइनेछ। तर साधारण तारेख तोक्दा दिनको १२:०० पछिको एक पक्ष उपस्थित नभए पनि तोक्न सकिनेछ। पेशी तारेख साप्‍ताहिक तथा दैनिकरुपमा सूचना पाटीमा प्रकाशित गरिनेछ।

९. काबू बाहिरको परिस्थिति परी म्याद तारेख गुज्रिएमा सो को पुष्टी हुने प्रमाण पेश गर्नु पर्नेछ। मनासिब प्रमाण पेश गरेमा म्याद/तारिख एक पटक मात्र बढीमा पन्ध्र दिनसम्म थप गर्न सकिनेछ।

१०. कानून व्यवसायीको तर्फबाट पेशी स्थगित गर्नु परेमा साप्‍ताहिकका लागि पेशी चढनु एक दिन अगावै र दैनिकको लागि पेशीको दिन विहान १०:०० बजेभित्र निवेदन दिइ सक्नु पर्नेछ। सो सुविधा एक पक्षको कानून व्यवसायीलाई बढीमा एक पटकसम्म दिन सक्नेछ।

११. निवेदकहरुले मिलापत्र गर्न संयुक्त दरखास्त निवेदन दिएको भोलि पल्ट मात्र मिलापत्र गराउन पेशीमा चढाइ इजालास समक्ष पेश गरिनेछ।

१२. मिलापत्र दर्ता दावी रकमको 0.50% ले हुन आउने रकम मिलापत्र दस्तुर वापत आधा-आधा गरी उजुरीवाला र प्रतिवादी दुबैले न्यायाधिकरणमा बुझाउनु पर्नेछ। मिलापत्र वापत लाग्ने दस्तुर ऐनको दफा १५ को उपदफा (२) बमोजिम अग्रिमरुपमा बुझाएको ऋण असुली शुल्क हिसाब मिलान गरी नपुग रकम लिइनेछ।

१३. साक्षी बकपत्र गराउँदा दुबै पक्षले दिनको २:00 बजेभित्र निवेदनसाथ साक्षी उपस्थित गराउनु पर्नेछ। दुबै पक्षमध्ये कुनै एक पक्षले २:०० बजेभित्र साक्षी उपस्थित नगराएमा २:०० बजेपछि अर्को पक्षलाई पर्खिने छैन। साथै साक्षी उपस्थित गराउने निवेदन सोही दिन ५:०० बजेभित्र दिन सकिनेछ।

१४. कुनै पक्ष/विपक्षी/वारेस/कानून व्यवसायीले नक्‍कल पाउँ भनी निवेदन दिएमा देहाए बमोजिमको दस्तुर लिई सोही दिन अथवा सो को भोलि पल्ट नक्‍कल दिइनेछ:-

(क) नक्‍कल निवेदन दस्तुर रु.१०।-,

(ख) आफ्नो तर्फबाट नक्‍कल सारी लैजान पाउँ भनी निवेदन दिएमा प्रति पाना रु.३।- (तीन) का दरले,

(ग) न्यायाधिकरणको तर्फबाट नक्‍कल पाउँ भनी निवेदन दिएमा प्रति पाना रु.३।- (तीन) का दरले,

१५. न्यायाधिकरणको काम कारवाहीको सम्बन्धमा कसैको कुनै शिकायत भए उजूरी पेटिका मार्फत न्यायाधिकरण समक्ष राख्‍न अनुरोध छ।

१६. न्यायाधिकरणको काम कारवाहीको सम्बन्धमा जानकारी राख्‍न चाहने सम्बन्धित सबैलाई यस न्यायाधिकरणको वेवसाइट www.drtribunal.gov.np मा हेर्न सकिने अनुरोध छ।