महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४

सूची दर्ता

सूची दर्ता सम्बन्धी सूचना

कमलपोखरी काठमाडौं

सूची दर्ता सम्बन्धी सूचना

प्रकाशित मिति २०८२।०६।२७

 

यस न्यायाधिकरणमा आ.व.२०८२।०८३ को लागि तपसिलमा उल्लिखित सामान तथा सेवाहरु आपूर्ति गर्नुपर्ने भएकोले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६क तथा सार्वजनिक खरिद निमावली,२०६४ को नियम १८ को प्रयोजनको लागि सम्बन्धित कार्य गर्न पाउने इजाजतपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तपसिलमा उल्लेखित कुन कामको लागि सूचीकृत हुन चाहेको हो सो को स्पष्टरुपमा उल्लेख गरी सम्बन्धित फर्म, संस्था वा कम्पनीको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु समेत संलग्न गरी यस न्यायाधिकरणमा निवेदन पेश गर्नुहुन मिति २०८२।०६।२७ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ।

तपसिल

१. स्टेशनरी, मसलन्द तथा कार्यालय संचालन सम्बन्धी मालसमानको आपूर्ति,

२. छपाई सम्बन्धी कार्य,

३. सवारी साधन खरिद तथा मर्मत कार्य,

४. फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य,

५. मेशिनरी, कम्प्युटर, प्रिन्टर, क्याक्स तथा विद्युतीय सामाग्रीहरु सप्लाइ, रिफिलिङ तथा मर्मत सम्बन्धी कार्य,

६. पिउने पानी आपूर्ति सम्बन्धी कार्य,

७. धितो सम्पत्ति मूल्याङ्कन सम्बन्धी कार्य,

८. अन्य आवश्यक फुटकर सामान तथा सेवाहरु।

नोट:-

१. सूची दर्ता गराउन अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्ट कार्यालय खुलेको समयमा गराउन सकिनेछ।